शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न


काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार शिवम् सिमेन्ट लिमिटेडको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो ।

उक्त सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसि संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो ।

विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन ।

उपरोक्त संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या ७ जनाबाट ६ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढि शेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

सर्बसाधारणका लागि आईपिओ निस्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओपिसि मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड-२०१९ (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement