काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडको तेस्रो वािर्षक साधारणसभा सोमबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न साधारणसभाले विभिन्न निर्णय गरेको छ ।
जसअनुसार कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिना भित्रै सर्व साधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत ९कर बाहेक० का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांस रकम वाँडफाँड गर्ने प्रस्ताव पेश गरेको छ भने संचालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र कुमार गोयलले आर्थिक वर्ष २०७४-०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका सम्लग्न विवरण पेश गरेका थिए ।
यस्तै आ. व. २०७५-०७६ को आयव्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । यसैगरी कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडी बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । यसैगरी साधारणसभाले शेयरधनी समूहको प्रतिनिधित्व गर्दै अलका गोयल (काठमाडौं)लाई संचालकमा निर्विरोध निर्वाचित समेत गरेको छ ।
प्रतिक्रिया