शिवम् सिमेन्टको शेयर कारोबार सुरु


काठमाडौं – शिवम सिमेन्टको शेयर दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको छ । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १६१.६० रुपैयाँदेखि अधिकतम ४८४.८० रुपैयाँको रेन्ज तोकेको छ । शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको थियो ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ४४ लाख कित्ता आइपीओ पनि मंगलबार नै सूचीकृत भएको हो । शिवम्ले प्रभावित क्षेत्रका लागि प्रति कित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रति कित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो ।

शिवम् सिमेन्टको आइपीओ फागुन २२ गते बाँडफाँट भएको थियो । ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई सेयर बाँडफाँट गरिएको छ ।

१ लाख कित्तासम्म आवेदन दिएकालाई ५ हजार ६४० कित्ताका दरले सेयर बाँडफाँड भएको छ । बाँकी रहेको ११५ कित्ता सेयर ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्येबाट गोलाप्रथा गरी ११ जनालाई १० कित्ता थप गरिएको छ । नेप्सेमा शिबम् सिमेन्ट सूचीकृत भएसँगै उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement