छोटो चलचित्र ‘लकडाउन’ सार्वजनिक


काठमाडौं – कोभिड–१९ का कारण विश्व संकटमा छ । मानिसहरू अनेक समस्यासँग जुधिरहेका छन् । कोरोनाले संकट निम्त्याएपछि धेरै देशले लकडाउन सुरु गरे । अझै कतिपय देशमा लकडाउन पूर्णतया खुलेको छैन ।

लकडाउन कहिले खुल्छ ? अहिल्यै भन्न सकिने अवस्था छैन । लकडाउन सुरू भएपछि आम नागरिकहरूले बिभिन्न समस्या र कष्ट झेल्नुपर्यो । यस्तै विषयवस्तुमा आधारित छोटो चलचित्र लकडाउन सार्वजनिक भएको छ ।

यस छोटो चलचित्र लकडाउनमा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनीप्रति देखाएको सद्भाव र सहयोगले धेरैलाई भावुक बनाउँन सक्छ ।

‘द सेलिब्रेटी टाइम्स’को ब्यानरमा निर्माण गरिएको चलचित्रको मुख्य भुमिकामा अभिविन्द खनियाँले निकै राम्रो अभिनय गरेका छन्, उनीसँगै बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको समेत सहायक भुमिका हेर्न लायक छ ।

यस चलचित्रलाई संचारकर्मी रामजी ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारी छ । निमा शेर्पाको छायांकन तथा सम्पादनमा निर्माण भएको चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement