दाङ– वयोवृद्ध कम्युनिष्ट नेता शोभाराम बस्नेतको निधन भएको छ ।
बस्नेतको ८० वर्षको उमेरमा गृह जिल्ला दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बस्नेत लामो समयदेखि मधुमेह र मृगौलासम्बन्धी समस्याबाट ग्रसित थिए ।
पञ्चायविरोधी आन्दोलनमा लागेका बस्नेत केही समय भारत निर्वासित समेत भएका थिए ।
दाङका कम्युनिष्ट संस्थापकमध्येका बस्नेत आन्दोलनका क्रममा पटकपटक जेल र हिरासत बसेका थिए ।
एमाले दाङ जिल्ला कमिटीका पूर्वसचिव बस्नेत हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।




प्रतिक्रिया