थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी

थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– सरकारले ७ मुलुकसँग पुनः श्रम स्वीकृति प्रदान गर्ने तयारी अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रम स्वीकृति प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने गरी काम गरिरहेको मन्त्रालयका सचिव डा. दीपक काफ्लेले जानकारी दिए ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै केही दिनभित्रै त्यससँग सम्बन्धित कानूनी तथा प्राविधिक पक्ष मिलाउने बताए ।

उनका अनुसार सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने समेत तयारी गरेको छ ।

नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको जानकारी काफ्लेले दिए ।