श्री एयरलाइन्सको काठमाडौं–जनकपुर उडान आजबाट सुरु


काठमाडौं – निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि जनकपुरमा नियमित उडान गर्ने भएको छ । एयरलाइन्सले पाँच महिनाअगाडि ल्याएको टर्बोप्रोप क्यु–४०० जहाजमार्फत् दिउँसो १२ बजे काठमाडौंबाट जनकपुर उडान गर्न लागको हो ।

८० सिट क्षमताको जहाजले दैनिक एक उडान भर्ने श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसअघि काठमाडौं–जनकपुर रुटमा बुद्ध र यति एयरलायन्सलेमात्र उडान गर्दै आएका थिए । नयाँ एयरलाइन्स थपिएपछि भाडामा अझ प्रतिस्पर्धी हुने विश्वास गरिएको छ ।

श्री एयरले जनकपुरपछि सिमरामा पनि उडान गर्ने तयारी अन्तिम चरणमा र्पुयाएको छ भने पर्यटकीय नगरी पोखरामा पनि उडान गर्ने तयारी थालेको जानकारी दिएको छ । श्रीले अहिले भैरहवा, विराटनगर, भद्रपुर, नेपालगञ्ज र धनगढी उडान गरिरहेको छ । योसँगै श्रीले उडान भर्ने गन्तव्य ६ वटा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement