श्री एयरलाइन्सले ८० सिटे जहाजबाट सिमरा उडान गर्ने


काठमाडौं – निजी क्षेत्रको हवाई सेवाप्रादयक श्री एयरलाइन्सले काठमाडौ(सिमरा उडान गर्ने भएको छ । एयरलाइन्सले हालैमात्र ल्याएको बम्मार्डियरको सिआरजे क्वू ४०० सिरिजको ८० सिटे जहाजबाट सिमरा उडान गर्ने तयारी गरेको हो ।

उडानको तयारी गरेपनि मिति भने तय नभएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । सकभर यही हप्ताभित्र सिमरा टेष्ट ल्यान्डिङ गरिने र त्यसको रिपोर्ट आएपछि उडान निश्चित हुने प्रवक्ता मानन्धरले बताए ।

परीक्षण उडानको रिपोर्ट सकारात्मक नभएमा उडान नहुने उनले बताए । एयरलाइन्सले यही सिरिजका जहाजबाट जनकपुर र पोखरा पनि उडान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement