प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाली समकक्षीलाई फोन, बम बिस्फोटन घटनाप्रति दुःख व्यक्त


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्कालप् सकमक्षी रनिल बिक्रमासिंघेसँग टेलिफोनमा कुराकानी गर्दै त्यहाँ भएको बम विस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आइतबार बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौंको ज्यान गएको थियो।
घटना पश्चात वक्तव्य जारी गरेका ओलीले त्यसपश्चात समकक्षीलाई टेलिफोन गरेका थिए।

प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत उनी स्वयं र श्रीलङ्काली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

‘श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ’ ओलीले श्रीलंकाली समकक्षीलाई भने।

‘इस्टर सन्डे’ मनाउँदै गरेका बेला श्रीलङ्काको राजधानी कोलम्बो र आसपासका विभिन्न चर्चमा आइतबार बिहान बम बिस्फोटका घटना भएका थिए।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भए। अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।  समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए। उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताए। श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement