श्रीलंकामा नयाँ राष्ट्रपति चुनिए, को हुन् उनी ?


एजेन्सी – पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति भएका छन् । शनिबार राष्ट्रपति चयनका लागि भएको चुनावमा राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई ५४ प्रतिशत बढी मतले हराउँदै उनी राष्ट्रपति चुनिएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ । यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए । उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए ।
सिंहाली बाहुल्य रहेको क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत पाएका राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement