अग्नि ग्रुपको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त


काठमाडौं – पूर्व मिसनेपाल शृंखला खतिवडा महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर (सद्भावना दूत)मा नियुक्त भएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले ई२० गाडीको चाबी खतिवडालाई हस्तान्तरण गर्दै उक्त घोषणा गरेका हुन् । ई२० विद्युतीय गाडी हो ।

कार्यक्रममा खतिवडाले अग्नि इन्कर्पोरेटेडको सद्भावना दूत बन्न पाएकोमा खुसी व्यक्त गरिन् । विद्युतीय गाडी आफूलाई पहिलेदेखि नै मन पर्ने गरेको पनि उनले कार्यक्रममा बताएकी थिइन् ।

कम्पनीले तीन वर्षदेखि महिन्द्रा बोलेरो पिकअप खरिद गरी उद्यम गर्दै आएका २५ जना ग्राहकका छोराछोरीलाई जनही २५ हजार नै पुरस्कार तथा प्रशंसापत्र दिएको थियो । खतिवडाले ग्रुपका सबैलाई धन्यवाद समेत दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement