श्रृंखला खतिवडा रमेश खरेलसँगै ‘द लिडर’मा आउने


काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडा नयाँ रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन् । केही समयअघि घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्रसँगै प्रदीप गिरी र प्रदीप नेपाल निर्णायक मण्डलमा रहने बताइएको थियो ।

उक्त कार्यक्रमका लागि पूर्वमिस नेपाल खतिवडा पनि निर्णायकमा अनुबन्ध भएकी हुन् । श्रृंखला स्वयंले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएकी हुन् ।

कार्यक्रममा अब पूर्वडीआइजी रमेश खरेलसँगै खतिवडा थपिएकी हुन् । उनले कार्यक्रमका लागि प्रतिस्पर्धीहरूको छनोट चरणमा काम गर्नेछिन् ।

स्टाटसमा श्रृंखलाले देशको लिडर छनोट गर्ने कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको पनि उल्लेख गरेकी छन् ।

आउँदो मार्च २१ गते बाट अडिसनको तयारीमा रहेको कार्यक्रम युनिटले कोभिड–१९ को प्रभाव बढ्दै गए केही समयका लागि अडिसन स्थगन गर्न सक्ने पनि श्रृंखलाले आफ्नो पोस्टमा उल्लेख गरेकी छन् ।

View this post on Instagram

Good evening everyone! I'm thrilled to share that I will be one of the audition judges for @theleadernepal. It took me almost 6 months of evaluation and reasoning to step into mainstream tv that too as a judge of a show that aims at choosing a right leader for Nepal. It wasn't an easy decision. The auditions will begin on 21st of March (subject to change given the Covid-19 outbreak). The show will look for leaders with innovative ideas to lead our country to a better direction, be it through politics, business, law, engineering, business ,agriculture..any aspect that has been shaping us as a whole. Mind you, it's not a pass for successful political career, we well realise that a reality show has its constraints. I couldn't be more grateful to represent the youth at the decision making table. It's a big learning opportunity for me to interact with like minded individuals in and out of Nepal. Thankful towards the organisation for your immense faith in me. Looking forward to an exciting journey! ?

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

प्रतिक्रिया दिनुहोस
Advertisement