अनुष्काले ‘मिस वर्ल्ड’को ताज जित्छिन् : श्रृङ्खला खतिवडा


काठमाडौं – ‘मिस नेपाल वर्ल्ड–२०१८’कि विजेता श्रृङ्खला खतिवडाले ‘मिस नेपाल वर्ल्ड–२०१९’ को ताज नेपालकी प्रतियोगी अनुष्का श्रेष्ठले जित्ने विश्वास गरेकी छन् । डिसेम्बर १४ मा बेलायतमा आयोजना हुन लागेको विश्व सौन्दर्य प्रतियोगीता ‘मिस वर्ल्ड’ मा नेपालकी प्रतियोगी श्रेष्ठ सहभागी हुँदैछिन् ।

अनुष्काका लागि श्रृङ्खला लेख्छिन्, ‘मलाई थाहा छ, यो धेरै नै चाडो हुनेछ तर मलाई अनुष्काले ताज घर भित्राउनेछिन् भन्ने महशुश हुन थालेको छ । यी स्मार्ट महिला हरेक गतिविधीमा चम्किएकी छिन् । अक्सफोर्ड यूनिभर्सिटीमा बोल्नका लागि उनलाई अडिसन चरणबाट चयन गरिएको थियो । अब, उनले शक्तिशाली रातो पोशाकमा हाउस अफ लड्र्समा एशिया महाद्धिपको प्रतिनिधित्व गर्नेछिन् ।’

‘मलाई मेरो अनुभवले पनि के भन्छ भने, म तिमीलाई यो भन्न चाहन्छु कि यी अवसरहरु तिम्रा लागि विशाल छन् । तिमी सबैको आँखामा परिसकेकी छौ ।’ अनुष्कालाई आफूले ‘हेड टू हेड च्यालेन्ज, मल्टिमिडिया’ लगायतको अवार्डको विजेताको रुपमा देखिसकेको श्रृङ्खलाले लेखेकी छिन् । अनुष्कालाई श्रृङ्खलाले रातो रंग तिम्रो हो समेत भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement