सिद्धार्थ बैंकले नरेफाँटमा खोल्यो नयाँ शाखा


काठमाडौं – सिद्धार्थ बैंकले नरेफाँटमा नयाँ शाखा खोलेको छ । सर्वसाधारण तथा उद्यमीलाई निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।

सजिलो बैंकिङ सेवा, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३ सय भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको क्रेडिट कार्डजस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कोभिड १९ ले निम्त्याएको महामारीमा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement