सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्कियो, एक जना घाइते


काठमाडौं – तिन देखि परेको लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको छ ।

शुक्रबार बिहान सो पर्खाल भत्किँदा एक जना घाइते भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । पर्खाल भत्किएपछि अहिले उक्त क्षेत्रमा सावारी आवागमनमा अवरोध भएको छ ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement