जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सीके राउत


काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।

पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’ को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताए ।

“अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान्”, अध्यक्ष राउतले भने ।अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार नफेरिने उल्लेख गरे । उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement