रवि लामिछाने र सीके राउतबीच भेटवार्ता


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । मंगलबार बिहान सभापति रवि र जनमतका अध्यक्ष राउतबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच समसामयिक राजनीतिक परिदृश्यका बारेमा कुराकानी भएको जनाइएको छ । सरकारमा जाने कि नजाने भन्नेबारे रास्वपा छलफलमा छ । रास्वपाले सोमबार केन्द्रीय कमिटी र संसदीय दलको बैठक राखेर सदस्यहरूबाट धारणा लिएको थियो।

शुक्रबार बस्ने संयुक्त बैठकले सरकारमा जाने, नजाने निर्णय गर्ने बताइएको छ । यसैबीच सभापति रविले अन्य राजनीतिक पार्टीसँग भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement