सिक्किमले पठायो राहत

सिक्किमले पठायो राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –भारतको सिक्किम राज्य सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न चिकित्सक तथा स्वयंसेवकसहित ३५ सदस्यीय राहत टोली नेपाल पठाएको छ ।

बाढी प्रभावितका लागि आवश्यक औषधि, कपडा तथा खाद्यान्नलगायत राहत सामग्री लिएर नेपाल पठाइएको मुख्यमन्त्री पीएस गोलेले जनाए । टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको अवस्था र प्रभावित परिवारको आवश्यकताबारे जानकारी संकलन गर्नेछ ।

मुख्यमन्त्री गोलेले टोलीले स्थलगत मूल्यांकन गरेपछि आवश्यकताका आधारमा सिक्किमबाट थप राहत सामग्री पठाइने बताएका छन् । संकटका बेला सिक्किम सधैं नेपालसँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट प्रभावित परिवारलाई आवश्यक सहयोग जारी राख्ने पनि उनले बताए ।