पहिरोले टिस्टा जलविद्युत् आयोजनाको सुरुङ पुर्दा ८ जनाकाे मृत्यु, १९ जना थुनिए

पहिरोले टिस्टा जलविद्युत् आयोजनाको सुरुङ पुर्दा ८ जनाकाे मृत्यु, १९ जना थुनिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको सिक्किमस्थिमा गएको पहिरोले जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

नाम्ची जिल्लाको समरडुङमा टिस्टा जलविद्युत् आयोजनाको सुरुङ पुरिँदा ८ जनाको मृत्यु भएको हो ।

१९ जना कामदार सुरुङभित्रै थुनिएको बताइएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले मंगलबार उक्त घटनाको जानकारी दिएका छन्।

उनका अनुसार झोलुङ्गे क्षेत्रको समरदुङस्थित एनएचपीसीको तीस्ता स्टेज–६ जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ सोमबार पहिरोका कारण भत्किएको हो।

यसअघि अधिकारीहरूले सोमबार दिउँसो पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा र सम्भावित ग्यास चुहावट भएपछि करिब २७ जना कामदार सुरुङभित्र फसेको बताएका थिए।

सुरुङभित्र ग्यास रहेको कारण उद्धार कार्य निकै जटिल बनेको छ। उद्धारमा खटिएका केही सुरक्षाकर्मी ग्यासका कारण चक्कर लाग्ने तथा बेहोस हुने समस्या देखिएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार उक्त ग्यास पहिरोका कारण भूमिगत चट्टान वा भू(तहमा आएको हलचलबाट प्राकृतिक रूपमा निस्किएको हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच, मुख्यमन्त्री तामाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई टेलिफोन गरी घटनाबारे जानकारी लिएको र उद्धार कार्यबारे चासो व्यक्त गरेको बताएका छन्। एजेन्सी