काठमाण्डु -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भयो ।
उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गरे ।
राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै उनले उच्च शिक्षाका राम्रा अष्टे«लियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया