सिक्टा सिँचाइ आयोजनाः भत्केको नहर सरकारले बनाउने


काठमाडौं – परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो। सरकारी अधिकारीहरूले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व ठेकेदार कम्पनीको हुने दाबी गरिरहेका थिए भने समयमै परीक्षण नगरिएकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो।

जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडीले सिक्टामा राज्यको ठूलो लगानी भइसकेकाले भत्केको मूल नहरमा थप क्षति नहोस् भनेर मन्त्रिपरिषद्ले मर्मतका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको बताइन्। ‘मन्त्रिपरिषद् बैठकले रकम दिने निर्णय गरेकाले वर्षाअघि नै नहर मर्मत हुन्छ,’ उनले भनिन्। विभागले कुनै पनि हालतमा सिक्टालाई सफल पार्ने गरी काम गरिरहेको उनको भनाइ छ। आजको नागरीक दैनिकमा समाचार प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement