उर्जामन्त्री पुन सक्रिय, सिक्टा सिँचाइको पानी नेपालगञ्जको राँझा पुग्यो


बाँके –राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनको सक्रियतामा पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो ।

त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमिटर पानी सञ्चालन भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी दिए ।

सिक्टा सिंचाईमा समस्या देखिएपछि यसअघि १९ कात्तिकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिक्टा सिंचाइ आयोजनाको निरीक्षण गर्दै उनले तत्काल नहर मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिएका थिए ।

४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउनउने लक्ष्य राखिएको आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ । हाल पानी सञ्चालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement