देउवा सरकारबाटपीडित प्रहरी अधिकृतहरू नवराज सिलवालको चुनावी मोर्चामा


काठमाडौं–शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा राज्यबाटपीडित बनेका नेपाल प्रहरीका पूर्वअधिकृतहरू नवराज सिलवालको चुनावी मोर्चामा सहभागी भएका छन्।

 

 

सरकार अन्याय गरेपछि नवराज सिलवाल एमालेमा प्रवेश गरी ललितपुर १ बाट उम्मेदवार बनेपछि पूर्वअधिकृतहरु उनको प्रचार अभियानमा लागेका हुन्।

 

 

उनीहरु सिलवालको चुनावी मोर्चामै सहभागी भएर प्रचार प्रसारमा जुटेका छन्।

 

नवराजको प्रचारमा जुटेका प्रहरी अधिकृतमध्येका एक हुन् पूर्वएसएसपी यादराज खनाल । दरबन्दी र उमेर हुँदाहुँदै प्रहरी सेवाबाट गल्हत्याइएका खनालले आतबारदिनभरी सिलवालको निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा बिताएका छन।

 

ईन्सपेक्टरको ७५ औं टोलीका तालिमे सिलवालसंगै तालिम गरेका खनालले उनलाई जितको शुभकामना समेत दिएका छन्। त्यसैगरी ७५ औं टोलीका पुर्व एसएसपी वलराम शर्मा पौडेलले पनि निर्वाचनमा सिलवाललाई सघाउन ललितपुर १ मा जाने भएका छन्।

 

 

दरवन्दी र उमेर हुँदाहुँदै उनलाई पनि यो सरकारले अघिल्लो साता मात्रै अन्याय गरेर अनिवार्य अवकास दिएको थियो। १ नम्बरमा हुदा हुदै पनि डिआईजी बढुवामा नपारेर अनिवार्य अवकास पाएका ७५ औं टोलीका पुर्व एसएसपी लव विष्टले पनि नवराज सिलवाललाई जितको शुभकामना दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement