देविका बन्दनाले ल्याइन नयाँ गीत ‘परदेशी-२’


काठमाण्डु – गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । दाजु भाइ कम्पनीले निर्माण गरेको भिडियोलाई लाटोकोसेरो फिल्मले तयार पारेको हो ।

सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ ।

भिडियो निर्देशक छेवाङ लामा हुन् । केही अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन् । उनले नयाँ गीत ‘परदेशी–२’ आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । करिब तीन दशकदेखि निरन्तर गायनमै रहेकी देविका बन्दना नेपाली कलाक्षेत्रकी लोकप्रिय गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement