गायक उदित नारायणलाई कसले दिँदैछ बारम्बार ज्यान मार्ने धम्की ?


काठमाडौं – भारतीय गायक उदित नारायणले आफुलाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की आइरहेको बताएका छन् ।

आफुलाई बारम्बार ज्यान मार्ने धम्की आएपछि उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ ।

हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेका छन् । तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग गरिएको छैन ।

यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ ।

उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए । एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement