गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु


काठमाडौं – गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राति काठमाडौंको तिनकुनेमा कार दुर्घटना हुँदा गायक भट्टराईको ज्यान गएको हो ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको बा १० च ३०४ नम्बरको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । खासगरी गजल गायकीका कारण चर्चित उनले स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement