गायिका सोफिया थापाको विवादित तीज गीत ‘नो ब्रत, नो प्लिज’ युट्युवबाट हटाइयो


काठमाण्डु – गायिका सोफिया थापाको विवादित तीज गीत युट्युवमार्फत हटाइएको छ ।

सोमबार सार्वजनिक गरिएको ‘नो ब्रत, नो प्लिज’ बोलको विवादित गीत हिन्दु जागरण नेपालको दवावमा युट्युबमार्फत आज (बुधबार) हटाइएको हो । हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई एक पत्र लेख्दै गीतले धार्मिक आस्थामाथि प्रहार गरेकाले हटाइदिन अनुरोध गरेको थियो ।

सो पत्र र संस्थाका अधिकारीको निरन्तरको दवाव र अनेकन विवाद सिर्जना भएपछि गीत हटाइएको बताइएको छ । यस विषयमा सोफियाले भने गीत हाललाई स्थगित मात्रै गरिएको बताइन् । यसअघि हिन्दूवादी संस्थाले तुरुन्त गीत हटाउन गायिका थापालाई चेतावनीसहितको धम्की समेत दिएको थियो ।

हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिका सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement