गायक कलाखेतीको नयाँ गीत ‘मुटु जल्ने रहेछ’ सार्वजनिक


काठमाण्डु – गायक सूरज कलाखेतीको नयाँ सांगीतिक कोसेली ‘मुटु जल्ने रहेछ’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना सहित सिंह ठकुरीको छ भने संगीत गायक स्वयंले नै गरेका छन् ।

विश्व अधिकारीको संयोजनमा मिक्सिंग र मास्टरिङ् बिप्लव अधिकारीले गरेका छन् । लाइक माइण्ड नेपालमा रेकर्ड गरिएको गीतको सम्पादन शिलान लम्सालले गरेका हुन् । केशब राज भट्टले कोरियोग्राफी गरेको गीतमा मुकेश हुमागाई र टीमको छायांकन रहेको छ । भिडियो निर्देशन गीतका रचनाकार स्वयंले गरेका छन् । भिडियोको मुख्य भूमिकामा सहित सिंह ठकुरी नै रहेका छन् ।

भिडियो मोडल ठकुरीको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । कलाखेतीले नयाँ वर्षको उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कलाखेती अफिसियल) मार्फत लिरिकल भिडियोसहित गीत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement