भारतीय गायक टोनी कक्कर नेपाल आउँदै


काठमाडौं – बलिउडका चर्चित गाएक टोनी कक्कर नेपाल आउने भएका छन् । अक्टुबर २५ मा क्लब फरेनहाइटमा आयोजना हुने एक कार्यक्रमका लागि नेपाल आउन लागेको टोनीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा नेपाल ल्याउन लागिएको हो । टोनीले आफ्नो चर्चित गीत संगीतमार्फत दर्शकलाई झुमाउनेछन् ।

टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन्, जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement