सलाम नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले कुटे प्रहरी जवान


काठमाडौं – महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले प्रहरी जवानलाई कुटेका छन् ।

कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका बेला कुटपिट गरेका हुन् । श्रोतका अनुसार सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेका हुन् ।

इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा एउटै वृतमा कार्यरत रहेपनि उक्त घटनाबारे आफुलाई केही थाहा नभएको वृत्तका डीएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement