सिंगापुरकी प्रतिस्पर्धी भानेसासँग श्रृंखला खतिवडा पराजित


काठमाडौं – मिस वर्ल्ड अन्तरगर्त हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । शृङ्खला खतिवडा अहिले मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा छिन्। सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए ।

यस अन्तर्गत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा खतिवडा सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी हुन् । हेड टु हेड प्रतियोगितामा सिंगापुर र नेपालबिच प्रतिस्पर्धा गराइएको थियो। पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी छन्।

श्रृंखलाको भने अन्तिम ३० मा पर्ने बाटो भने सकिएको छैन्। उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement