प्रहरीद्वारा सिरहामा हवाई फायर, स्थिति तनावपूर्ण

प्रहरीद्वारा सिरहामा हवाई फायर, स्थिति तनावपूर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा– सिरहामा बिहीबार गोली चलेको छ ।

गोलबजार र लहानमा स्थिति नियन्त्रणमा लिए अश्रुग्यास र हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यअसघि दुई पक्षीय झडप र सवारी साधनमा आगजनीपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नगर्दासम्मको लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी भएको प्रजिअ पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार साँझ सुनसरीको देवानगंज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच झडप हुँदा प्रहरीको गोलीबाट एक युवाको मृत्यु भएको थियो । बिहीबार उपचारका क्रममा अर्का एकको पनि मृत्यु भएको छ ।

सुनसरी घटनाको प्रभाव क्रमशः मधेस प्रदेशका अरु जिल्लामा पर्न थालेको छ ।