सिरहाको मालपोत कार्यालयमा अख्तियारको छापा, नायब सुब्बा पक्राउ


-महेश सिंह महतो

सिरहा – विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सिरहा स्थित मालपोत कार्यालयबाट पाँच हजार घुस रकम सहित मालपोतका नायब सुब्बालाई रंगेहात पक्राउ गेको छ ।

अख्तियारका टोलीले सिरहाको मालपोत कार्यालयमा सोमबार दिउसो कार्यालयको समयमा नायब सुब्बा र लेखन दासलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका -३ घर भएका ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् । पक्राउ परेका दनायब सुब्बा र लेखनदासलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लैजाने तयारी गरिरहेको वताइएको छ ।

यता,नायब सुब्बा पक्राउ परेसंगै कार्यालय प्रमुख रामबाबु मण्डल लगायतका कर्मचारीहरु भगाभाग भएका छन् । केही दिन अगाडी सिरहाको गोलबजार नगरपालिकाबाट अख्तियारको टोलिले ओभरसियरलाई घुस रकम सहित रंगेहात पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement