सिरहामा एक साता दुई शव भेटियो


सिरहा – एक सत्ता नवित्दै सिरहामा दुई शव भेटिएको । लहान ११ पडरियामा रहेको सत्यम ट्रेर्डर्स कार्यरत विकास पाण्डेको शव फागुन २३ गते फेला परेको छ । ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर विजय यादवका अनुसार पाण्डेलगायत उनीका साथीहरु फागुन २२ गते राती मदिरापान गरी सुतेका थिए ।

पाण्डे सुतेको सुते भएपछि खबर आएलगतै प्रहरीले आवश्यक छानविन शुरु गरिएको इन्सपेक्टर यादवको भनाई छ । पाण्डेको शरिरमा कुनै चोटपटक नलागेकोले मदिरा सेवनबाट मृत्यु भएको प्रहरीको भनाई छ ।

महोत्तरी निवासी पाण्डेका आफन्तले भने आपसी विवादमा साथीभाईवाटै हत्या भएको हुन सक्ने भन्दै भन्दै छानविनको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

यता, फागुन २६ गते ठाडीमा अर्को एक शव फेला परेको छ । भारतको लौकहा निवासी सन्तोषकुमार साह नेपालको ठाडीबाट मदिरा सेवन गरी रिक्सा चलाउँदै घर फर्किरहेको अवस्थामा बाटोमै उनको मृत्यू भएको लहान प्रहरीले दावी गरिएको छ ।

करिब ६० बर्षीय साहका श्रीमति केही दिन पहिले घरबाट भागेकोले उनी मानसिक तनावमा रहँदै आएको स्थानीयहरु बताउँछन् । उनको शब नजिकै केही मदिराको बोतल समेत रहेको थियो ।

सिमा पारी गोली र छुरी हानी हत्या

उता, सिरहाको धनगढीमाई ६ बस्ने १७ बर्षीय सुभाष यादवको सिमापारी भारतको खुटौनामा गोली हानेर हत्या गरेको अवस्थामा एक महिना अगाडि शव फेला परेको थियो । त्यसैगरी माघ १८ गते बेपत्ता भएका लहान २४ का ३५ बर्षीय गजेन्द्र यादवको शव पनि भारतको पिपराही पर्साहीमा फेला परियो । उनलाई छुरा रोपेर हत्या गरिएको थियो । यो समाचार खाजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement