काठमाण्डु-सिरियामा विद्रोही सैन्य शक्तिले आक्रामक कदम सुरु गरेपछि होम्सबाट सर्वसाधारण अन्यत्र जान थालेका छन् । विद्रोही सेनाले सिरियाको तेस्रो ठुलो सहर हामापछि होम्स आफ्नो कब्जामा भएको जनाइसकेको छ ।
गत साता एलेप्पो सहर विद्रोह्रीका सामु गुमाएको सत्तारुढ शक्तिका लागि हामा र होम्स माथिको नियन्त्रण पनि गुमाउनु अर्को ठुलो धक्का हो हामा माथिको नियन्त्रण बिहीबार नै सत्ताले गुमाइसकेको छ ।
इस्लामिक सङ्गठन हायात तारिर अल साम्स (एचटिएस)का नेता अबु मोहम्मद अल जलवानीले होम्सका बासिन्दालाई उनीहरूको समय आइसकेको सूचना दिएका थिए ।
सिरियामा गृहयुद्ध सुरु भएयता विद्रोही शक्तिको यो सबै भन्दा ठुलो सफलता हो । यो सफलतापछि राजधानी दमासकासलाई उत्तर र दक्षिण दुवै तर्फबाट दबाब दिन समेत एटिएस सफल हुने सम्भावना देखिएको छ ।
त्यहाँका अल्पसङ्ख्यक अलवाइट समुदाय त अहिले आतङ्कित नै भएका छन् । उनीहरूले सहर छाड्दा देखिएको भिडियो सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
बेलायतको सिरियन अज्बरभेटरी फर ह्युमन राइट्सले जनाए अनुसार विद्रोही सेनाले सबैतिर घेरी सकेका छन् । सहरमा पुरै प्रभाव जमाउन केही समय मात्र लाग्न सक्छ । उनीहरू केही किलोमिटर टाढा छन् ।
रुसी युद्ध विमानले बाटोमा रहेको पुलमा बम प्रहार गरेर भत्काइ दिएको छ । भूमध्य सागरको तटीय सहर होम्स गुमाइसकेको हल्ला साँचो नभएको तथा डटेर सामना गर्ने रक्षा मन्त्रालयले जनाएको छ ।
सिरियामा युद्धको सम्भावना बढेपछि दक्षिणमा जोर्डनले सीमा बन्द गरेको छ । स्थानीय सैन्य जत्थाको उपस्थिति हुनसक्ने खतरालाई ध्यानमा राख्दै जोर्डनले सो कदम उठाएको हो ।
रुसले राष्ट्रपति बसार अल आसादलाई सत्तामा स्थापित गराए पनि त्यहाँको आन्तरिक राजनीतिले उनलाई बर्खास्त गर्न सक्ने सम्भावना प्रबल भएको छ । आसाद त्यहाँको अल्पसङ्ख्यक सिया मुस्लिम समुदाय अलावाइटका हुन्। आसादले अहिले सिरियामा यस कठिन अवस्था आउनुमा पश्चिमा शक्तिको सबै भन्दा ठुलो भूमिका भएको आरोप लगाएका छन् ।
अहिले सिरियामा बढ्दै गएको महँगी र भ्रष्टाचारको कारण आम मानिसमा राष्ट्रपति प्रत्येक दिन अलोकप्रिय भइरहेका छन् । यसका बाबजुद पनि रुसले सिरियाका राष्ट्रपतिलाई आफ्नो साथ यथावतै रहने जनाइ सकेको छ ।
प्रतिक्रिया