काठमाण्डु– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले महिलाको सुरक्षा गर्नु समग्र समाजकै दायित्व रहेको उल्लेख गरेकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा विभेद र अपमान महिलाका लागि काहीँ पनि स्वीकार्य नहुने बताइन्।
‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो । पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ ।’ उनले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गरिन् । वादीले अगाडि भनिन । ‘सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नुपर्छ ।’
उनले संविधानले नै महिलालाई सम्मानपूर्वक बाँच्न पाउने हक दिएकाले त्यसको कार्यान्वयन हुनुपर्ने विषयलाई जोड दिएकी छन्।



प्रतिक्रिया