पार्टी मुख्यालय पेरिसडाँडा लगियो सीता दाहालको शव


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको शव नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडा लगिएको छ। दिवंगत सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी मुख्यालय पेरिसडाँडामा शव लगिएको हो।

बिहान ११ बजे देखी १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ । उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन् । सीताको निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाइ गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement