भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम याचुरी कश्मीरमा पक्राउ


एजेन्सी – भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरी पक्राउ परेका छन् । कश्मीरको श्रीनगरमा उनीसँगै अर्का नेता डी राजा पनि पक्राउ परेका छन् ।

याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।
विरामी रहेका आफ्ना नेता भेट्न पूर्वयोजना अनुसार कश्मीरको श्रीनगर पुगेका उनीहरुलाई विमानस्थलबाट बाहिर जान रोकिएको हो ।

भाकपाले गैरकानुनी रुपमा उनलाई हिरासतमा राखेको भन्दै विरोध गरेको छ । बिहिबार याचुरी र राजाले कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो भ्रमणको योजनाबारे जानकारी गराएका थिए । पत्रमा उनीहरुले आफ्नो भ्रमणका बेला कुनै पनि बाधा नआओस भन्ने चाहना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement