सुमार्गीसँग एक अर्ब ४० करोड लाभकर उठाउन बाटो खुल्यो


काठमाडौँ—व्यावसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको ‘नेपाल स्याटेलाइट’ को स्वामित्व बिक्रीमा पुँजीगत लाभकर असुलीको बाटो खुलेको छ।

आन्तरिक राजस्व कार्यालयले कर निर्धारण गरी एक अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ दाखिला नभएको जनाएपछि त्यसविरुद्ध नेपाल स्याटेलाइटका तर्फबाट रोजिन गिरीले सर्वाेच्चमा रिट दायर गरेका थिए।

न्यायाधीशहरू सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको इजलासले गत जेठ २ गते जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भनी अर्को आदेश जारी गरेपछि अब आयकल असल्नु बाटो खुलेको हो।

नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको थियो। जसमध्ये १ अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ दाखिला नभएको आन्तरिक राजस्व कार्यालय बानेश्वरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement