स्मार्टडोको “नयाँ वर्षको अफर”


काठमाडौं – नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७०५ सम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ्र ।

स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

यो नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि बैशाख १०, २०७६ भन्दा अगाडी स्मार्टडोको संग खरिद गर्नुस ।

प्रतिक्रिया दिनुहोस
Advertisement