‘मालिङ्गो’ मा स्मीता र राजेश हमालको रोमान्स (भिडियो)


काठमाण्डु – स्मीता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उनी आफैंले गाएको उक्त गीतको भिडियोमा मोडलको भूमिकामा देखिएकी छिन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement