स्मिता दाहालको “मायालु तिमी कहाँ छौ” सार्वजनिक


काठमाडौं- नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।

शुभ मिडिया हाउसको प्रस्तुतीमा स्मिता दाहाल तथा राजन राज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ” भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो ।

आज अपरान्ह पौने पाँच बजे गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक रिलिज भएको छ ।

स्मिताको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको कुशल अभिनय देख्न सकिन्छ । गीतमा स्मिता स्व्यम्ले समेत नृत्य गर्दै अभिनय गरेकी छिन् । उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गरेका हुन ।

४ बजे रिलिज हुने भनिएको गीत केही ढिला गरि रिलिज भएको थियो ।  स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डकी नातिनी हुन । उनले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement