सर्पले डसे के गर्ने ? यस्ता छन् बच्ने उपाय


काठमाण्डु – सर्पको डसाइबाट साउन र भदौ महिनामा सबै भन्दा बढी मानीसहरूको मृत्यु हुने गरेको पाइन्छ । वैज्ञानिक तथ्याङ्क अनुसार सर्पको सिजन भनेको चैत महिनादेखि मंसिरसम्म भनिएको छ । तर नेपालमा अधिकतम मानीसहरूले साउन र भदौ महिनामा सर्पको डसाइबाट ज्यान गुमाउनु परेको अवस्था छ ।

गर्मीयाममा हिमाल, पहाड भन्दा पनि तराई क्षेत्रका धरै मानिसहरूले सर्पको टोकाइबाट ज्यान गुमाएका छन् । नेपालमा पाइने सर्प मध्ये २० प्रजातिका सर्पहरू मात्र विषालु हुन्छन् । अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन् । धेरै मानीसहरूको सर्प देख्नासाथ डराउने बानी हुन्छ । तर, सर्प देख्नासाथ त्रसित हुनुपर्ने आवश्यक छैन ।

हाम्रो लापरवाहीकै कारणले सर्पले टोक्ने गरेको पाइन्छ । यदि हामीले सावधानी अपनायौं भने हामी सर्पको टोकाइबाट बच्न सक्छौँ । विषालु सर्पले टोकेपछि उपचार पनि सम्भव हुँदैन । त्यसकारण हामीले सर्पको डसाइ पछि उपचार गर्नुभन्दा पनि सर्पको डसाइबाट नै बच्नु उत्तम हुन्छ ।

सर्पको डसाइबाट बच्ने उपाय

१. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर, खुट्टामा जुत्ता लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।

२. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुंगा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ ।

३ घर वरपर झार, जंगल, फोहोर भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।

४ सर्पलाई देख्नासाथ जिस्क्याउनु वा चलाउँनु हुँदैन ।

५ घरमा अथवा अन्य ठाउमा सर्पलाई हामीले मारी हाल्यौँ भने अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।

६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुन सक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ ।

७ ताल-तलाऊ, नदी-नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

८ राती सुत्दा झुल लगाएर सुत्नु पर्छ ।

यी त भए सर्पको डसाइबाट कसरी बच्ने भन्ने उपाय । यदि सर्पले टोकेपछि के गर्ने भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । धरै मानीसको सर्पले डसेपछि डरकै कारणले पनि मृत्यु हुने गरेको पाइन्छ । सर्पले डसेपछि हामीले समयमै उपचार गर्यौ भने मृत्युको मुखबाट बच्न सक्छौं ।

सर्पले टोकेपछि देखा पर्ने लक्षण

१ः सर्पले डसेको ठाउँमा दुईवटा फ्याक (डसेको चिन्ह) हुन्छ ।

२ सुन्निन्छ, दुख्छ, रगत बग्न सक्छ ।

३ फोका आउन सक्छ, टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छ ।

४ ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाने हुनसक्छ ।

५ सर्पले डसेको मानीसलाई चक्कर लाग्ने तथा बान्ता आउने, अल्छी लाग्ने, पेट दुख्ने, तनाव सृजना हुने ।

६ बिरामी निदाउने, रक्तचाप कम हुने, नडीको चाल बढ्ने ।

७ बान्ता आउने, फोक्सो सुनिन गई श्वास फेर्न गाह्रो हुन्छ ।

८ रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आँखा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोससमेत हुने गर्छ ।

हामीमा यी लक्षण देखा परेमा सर्पले टोकेको यकिन गनुपर्छ ।

 सर्पले टोकेमा के गर्ने

सबै सर्प विषालु हुुँदैनन् र टोक्नासाथ मानिसको मृत्यु पनि हुँदैन । तुरून्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ ।

१ सर्पले टोकेपछि बिरामी धरै डरायको हुन्छ । त्यसकारण बिरामीलाई सान्त्वना दिने ।

२ टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औंला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने, कपडा वा व्यानडेज धेरै कसिलो पारेर नबेर्ने ।

३ टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने ।

४ जती सक्दो चाडो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पुर्याउने ।

४ सर्प मरेको भए पहिचानका निमित्त डाक्टरलाई देखाउने । डाक्टरलाई सर्पको किसीम थाहा भयो भने बिरामीको उपचार गर्न सजिलो हुन्छ ।

५ बिरामीको उपचार नहुन्जेलसम्म पानीसमेत नखुवाउने ।

६ सर्पलाई मार्ने कोशिस नगर्ने ।

७ धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ ।

९ मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन । टोकेको ठाँउमा चलाउने काम गर्नुहँदैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement