निर्वाचन क्षेत्रमा जाँदा म माथि दुर्व्यवहार भयाे : सांसद सोबिता गौतम

निर्वाचन क्षेत्रमा जाँदा म माथि दुर्व्यवहार भयाे : सांसद सोबिता गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले आइतबार निर्वाचन क्षेत्रमा वर्षाका कारण भएको क्षतिको अवलोकन गर्न जाँदा साँझपख केही युवाले बाटो छेकेर दुर्व्यवहार गरेको बताएकी हुन् ।

साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५/२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरु बोलेको भन्दै यसले आफूलाई सुरक्षा चुनौती भएको बताइन् ।

सांसद गौतमका अनुसार मूलपानी क्रिकेट रंगशालाको विपरीत तर्फको डाँडामा एउटा मन्दिर छ । मन्दिर नजिकैको घरमा एउटा चियापसल छ । त्यहाँबाट केही अगाडि गएपछि मात्र बस्ती छ ।

त्यही ठाउँबाट जाने क्रममा आफूलाई केही स्थानीयले पहिरो देखाउन लगेको र पहिरो हेरेर फर्केपछि चियापसलमा कुरेर बसेका युवाहरुले दुर्व्यवहार गरेको सांसद गौतमको भनाइ छ ।