संक्रमणकालीन न्यायसम्बन्धी काम सरकारको प्राथमिकतामा छः मन्त्री गौतम

संक्रमणकालीन न्यायसम्बन्धी काम सरकारको प्राथमिकतामा छः मन्त्री गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी टुंगिन बाँकी कामलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा कानूनमन्त्री सोबिता गौतमले सर्वपक्षीय सहमतिका आधारमा उक्त विषय अघि बढाइने जानकारी दिइन् ।

‘सबै दलको सहमतिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित काम अघि बढाउने कुरालाई सरकारले प्राथमिकतामा राखेको छ’, गौतमले भनिन्,‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ ।’

गौतमले यसअघि भएका त्यससँग सम्बन्धित कामहरुको अभिलेखीकरण भइरहेको जानकारी पनि दिइन् ।


शान्ति प्रक्रियामा सामेल नभएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम कसरी अघि बढ्छ भन्ने चासो छ ।