फागुन १४ मा स्ववियु निर्वाचन गर्न त्रिविको प्रस्ताव (तालिकासहित)


काठमाडौं – आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको बैठकमा सो प्रस्ताव राखेको हो ।

आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजबादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेको छ ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएका छन् ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेबिसंघ र बिप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियोे ।

बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर,सहसंयोजक रञ्जित तामाङ , अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
Advertisement