घरमा हातहतियार छापा मार्न गएको प्रहरीले सकेट बम फेला पारेपछि…

घरमा हातहतियार छापा मार्न गएको प्रहरीले सकेट बम फेला पारेपछि…


ललितपुर – काठमाडौंको बसुन्धारमा सकेट बम फेला परेको छ । बसुन्धाराको मोर्गन इन्टरनेशनल कलेज अगाडिको एक घरमा हातहतियार छ भन्ने गोप्य सूचना पाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले उक्त घरमा छापा मार्दा सकेट बम फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त घर विदेश बस्ने गुरुङ थरको रहेको छ । गुरुङको पाँच तले घरको चौथो तल्लाको कोठामा बम फेला परेको प्रहरीले जनाएको छ ।

बम फेला पारेसँगै प्रहरीले उक्त घरमा बस्ने पाँच जनालाई नियन्त्रणमा लिई वृत्तमा लगि थप अनुसन्धान गरिरहेको छ ।

बम डिस्पोजल गर्न यतिबेला नेपाली सेनाको टोली घटनास्थलमा पुुगिसकेको छ ।