मुख्यमन्त्री सोडारी मन्त्रीपरिषद् विस्तार गर्दै


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । मुख्यमन्त्री सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न आज बैठक बोलाएका हुन् ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए ।

स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । बिहीबार वा शुक्रबार भित्र विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement