मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने, एमाले-माओवादी तत्काल सरकारमा नजाने


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

त्यूतै बैठकमा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ ।  सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ ।

त्यस्तै एमाले र माओवादी केन्द्रलाई सरकारमा सहभागी हुन मुख्यमन्त्री सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले तत्काल सरकारमा सहभागि नहुने जनाएको छ । सोडारीले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने एमाले र माओवादीको तयारी छ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement