सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले बहुमत सांसदसहित दाबी पेश गरेका सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र १ जना स्वतन्त्र सांसदको समर्थन छ ।

प्रदेश प्रमुख नजिर मियाँले बिहीबारसम्मका लागि दलहरूलाई दाबी पेश गर्ने समय दिएकोमा सोडारीले दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement